सुनसरी / ईटहरीमा मंगलबार दिउँसो ३ बजे  भएको दुर्घटनामा आमाछोरीले ज्यान गुमाएपछि यतिबेला ईटहरी शोकमा डुबेको छ । 


इटहरीको मुख्य चौकमा ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार इटहरी ८ की सरिता चौधरी र उनकी छोरी अंशु चौधरीको मृत्यु भएको हो  । टिपरको ठक्करबाट सरिताको घटनास्थलमै मृत्यु भएको हो ।


ईटहरीस्थित कोसी सेन्ट जेम्स कलेजमा बिबिएस प्रथम बर्षमा अध्यायनरत  अंशु  सहित उनकी आमाको निधन भएपछि आज बुधबार  बुधबार स्कुल र कलेजले शोक विदा दिएको छ ।


टिपरले ब्याक गरेर मान्छे मारेको भन्दै स्थानीयले  टिपर तोडफोड र नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । ३ बजेदेखि सवारीसाधन  आवागमन रोकिएका साढे ६ बजे खुलेको थियोे ।