विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बाढी र डुबानको अनुगमन गरेका छन् ।


सरसफाई शाखा र नगर प्रहरी टोली।सहित बिहान मेयर कोइरालाले विराटनगरका विभिन्न वडामा फोहोर तथा  बाढी , डुबानको अनुगमन गरेका छन् । उनले प्वाल टालिएर पिच सडकमा जमेको पानी नगर प्रहरी र सरसफाईको टोलीलाई तत्कालै खोल्न लगाएका थिए ।


पानीको सहज निकासका लागि महानगरले गत माघदेखि नै विराटनगरका नाला सफाई सुरु गरेको थियो । जसका कारण विगतमा भन्दा सडकमा पानी जम्ने समस्या कम भएको स्थानीयको भनाइ छ । अविरल वर्षाको पनि प्रवाह नगरी मेयर कोइराला आफैँ अनुगमनमा निस्किएको प्रति स्थानीयले खुसी व्यक्त गरेका हुन् ।मेयरको सक्रियता र काम गर्ने शैलीबाट आफूहरु सन्तुष्ट रहेको विराटनगर- ३ का स्थानीय सुशान्त बस्नेतले बताए ।

IMG_20230705_210145