काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्वभौम जनताको मतको खिल्ली उडाएको टिप्पणी गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘प्रितम सिंहप्रति प्रचण्डको भनाई मालिकप्रति स्पष्ट भक्ति, प्रधानमन्त्रीको लाचारी, आत्मसमर्पणवादको भद्वा नमुना । यो सरकारको चावी कहाँ रहेछ ? सार्वभौम जनताको मतको खिल्ली उठाइयो । संविधान र ,संसदको माखोल उठाइयो । धन्य।’उनले यो सरकारको चावी कहाँ रहेछ ? भन्दै असार १८ गतेको कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली धाएको बताएका थिए । प्रश्न गरे त्यसो त एमाले संसदीय दलको बैठकले प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय समेत गरिसकेको छ ।


