काठमाडौं / कोशी प्रदेशमा मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय सीमा आज (बिहीबार) सकिंदैछ । प्रदेश प्रमुख खापुङले दिएको समय साँझ ५ बजे सकिँदैछ ।
प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानको धारा १६७ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको लागि दाबी पेस गर्न समय दिएका छन् । उनले दिएको समयमा मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस, माओवादी, नेकपा एस र समाजवादीले दाबी पेस गर्ने तयारी गरेका छन् ।
कांग्रेसलाई राप्रपाले समर्थन नगर्दा बहुमत पुग्ने देखिदैन । बहुमतका लागि ४७ सांसदको समर्थन चाहिने भए पनि कांग्रेस नेतृत्वको गठबन्धनमा ४६ सांसद मात्रै छन् ।
गठबन्धन दलले यसअघि नै मुख्यमन्त्रीमा कांग्रेस नेता उद्धव थापालाई अघि सारिसकेको छ । उनैलाई राप्रपालाई सहमतिमा ल्याउने जिम्मा पनि दिइएको छ ।


