विराटनगर / कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीमा उद्धव थापाले शुक्रबार शपथ लिँदैछन्।


मुख्यमन्त्री थापाले प्रदेश प्रमुख पर्शुराम खापुङसँग पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।शुक्रबार बिहान ९ बजे मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय गरिएको छ । शपथ ग्रहणलगत्तै मुख्यमन्त्री उनले केही मन्त्री नियुक्त गर्ने तयारी समेत गरेका छन्।


बिहीबार नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा दुई बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् ।


गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी जनता समाज पार्टी समेतको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता थापा मुख्यमन्त्री भएका छन्  ।


थापालाई कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, समाजवादीका ४ र जसपाका १ जना प्रदेशसभा सदस्यको समर्थन छ ।