सुनसरी / कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सभामुखसहितको मत जोडेर बिहीबार साँझ मुख्यमन्त्री नियुक्त भएका थापाले आज प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिएका हुन् ।
थापाले आजै सानो मन्त्रीमण्डल गठन गर्ने भएका छन् । काँग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी) बाट कमल प्रसाद जबेगुले पनि मन्त्रीमा शपथ लिने तयारी छ । माओवादी केन्द्रबाट कसलाई मन्त्री बनाउने भन्ने टुङ्गो लागि नसकेको बताइएको छ ।
खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा दुई बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी जनता समाज पार्टी समेतको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता थापा मुख्यमन्त्री भएका छन् ।


