सुनसरी : मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई घुस रकमसहित पक्राउ गरेको छ ।


अख्तियारको टोलीले ढकाललाई कार्यकक्षबाटै आज  शुक्रबार पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय इटहरीले जनाएको छ ।


ढकालले नगरपालिका कार्यालयको विभिन्न मर्मत–सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिदैँ गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।  उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।