सुनसरी / मोरङको लेटाङबाट कानेपोखरी जाँदै गरेको बोलेरोले  टेम्पोलाई ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ ।

 

हिजो शुक्रबार राति सात बजेतिर मोरङको लेटाङ नगरपालिका -३ स्थित लेटाङ–कानेपोखरी सडक खण्डमा लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र.न.१–०२–००३ ह १३१२ नम्बरको अटोलाई बिपरीत दिशाबाट आउँदै गरेको प्र.न.१–०२–००२ च ४१७३ नम्बरको बोलेरो पिकअप गाडीले ठक्कर दिएको थियो ।


ठक्करबाट अटो चालक कानेपोखरी गाउँपालिका -६ बस्ने अन्दाजी ३५ वर्षीय सागर तामाङको अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो  । अटोमा सवार ८ वर्षीया रोशनी मगरको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । 


अटोमा सवार कानेपोखरी ६ बस्ने अन्दाजी ३३ वर्षीया टीका आले मागर घाइते भएकी छन् । उनको सोही अस्पतालमा उपचार भईरहेको छ । बोलेरो र चालक प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहरेको प्रहरीले जनाएको छ ।