सुनसरी / मोरङको कानेपोखरीमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदाँ मोटरसाइकल चालकको मृत्यु भएको छ ।
कानेपोखरी गाउँपालिका- ७ रंगेली सडक खण्डमा प्रदेश २-०१-००३ प ४९३५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटना हुँदा मोटरसाईकल चालक सिराहा लाहानका २५ बर्षीय सन्तोष भुजेलको ट्रमासेन्टर उर्लाबारी मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय कानेपोखरीले जनाएको छ ।


