सुनसरी / नेपाली काङ्ग्रेस मोरङ क्षेत्र नम्बर ६ को प्रथम क्षेत्रिय सम्मेलन सम्पन्न भएको छ ।


प्रजा परिषदबाट प्रारम्भ नेपाली काङ्ग्रेस १४ औं महाधिवेशन पश्चात् सम्पन्न हुन गइरहेको प्रथम सम्मेलनको उद्घाटन समारोह मोरङको सन्दरहरैंचामा भएको छ ।


काङ्ग्रेसमा सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य माननिय डाक्टर शेखर कोइरालाले कोशी प्रदेश सरकार सभामुखका कारण लोकतन्त्र खतरामा परेको आरोप लगाएका छन् । विधिको शासन भन्दा माथि रहेर नवगठित सरकार बनेको भन्दै सभामुखले संविधान मिचेको आरोप लगाएका हुन् ।


उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो नागरिकता र राहधानी बोकेर हिडेको टिप्पणी गरे । सामान्य नागरिकले यस्तो हर्कत गरेको भए जेल जाने तर पावरका कारण सभापति लामिछानेको मुद्धा ओझेलमा परेको समेत आरोप लगाएका हुन् ।


कार्यक्रममा मोरङ क्षेत्र नम्बर  ६ का सभापति देवराज तामाङ, अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य रुक्मणी कोइराला , नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य तेज प्रसाद सिटौला , प्रदेश उपसभापति एवं राष्ट्रिय सभा सांसदिय दलका नेता  रमेशजंग रायमाझी , कोशी प्रदेशका सभासद माननिय केदार कार्की , विराटनगर महानगरपालिका नगर प्रमुख नागेश कोइराला लगाएतको उपस्थिति रहेको थियोे ।

शेखर कोइराला