काठमाडौं / चर्चित गायक तथा अभिनेता रबिन तामाङको अन्त्येष्टि आइतबार हुने भएको छ । बौद्ध संस्कार अनुसार उनको आइतबार स्वयम्भूमा अन्तिम संस्कार गरिने निश्चित भएको हो ।


रबिनका दुई छोरी छन् । उनीहरू फ्रान्समा बस्ने भएकोले उनको दाह संस्कार अलि ढिलो हुन लागेको हो । तामाङको शवलाई अन्त्येष्टि अघि नक्सालमा राखिने भएको छ ।


 रबिनको अन्त्येष्टि भने आइतबार पौने १२ बजे स्वयम्भूमा गरिने भएको छ । रबिन मंगलबार बेलुका बुढानीलकण्ठस्थित निजी निवासमा मृत अवस्थामा फेला परेका थिए ।