काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले छ महिनाका लागि धरान उपमहानगरपालिका जाने बताएका छन्।


हिजो शनिबार काठमाडौंमा भएको एक कार्यक्रममा पार्टीलाई स्थानीय तहसँग जोड्नका लागि आफूले छ महिना त्यहाँ बिताउने बताएका हुन् ।


नयाँ तरिकाले पार्टीलाई अघि बढाउने उदेश्य रहेको बताए ।  लिङ्देनले केही महिनाभित्र पार्टीको सबै कमिटीमा ३३ प्रतिशत महिला र ४० वर्षमुनिका युवालाई अनिवार्य सहभागी गराउने अभियान थालिने उनको भनाइ छ ।


अध्यक्ष लिङ्देनले देश संघीयतामा गए पनि निर्णयको केन्द्र काठमाडौं नै भएको भन्दै गणतन्त्र, धर्म निरपेक्षता र संघीयतालाई सुधार नगरेसम्म देश ठिक बाटोमा नजाने बताए । साथै उनले कार्यकर्तालाई विश्राम नगरी युद्धस्तर संगठन विस्तारमा लाग्न निर्देशन दिए ।