सुनसरी / मोरङको जाँते पथरी सडक खण्ड अन्तरगत फारलाईनमा शनिबार दिउसो लुटपाट भएको छ ।
मोरङको लेटाङ ८ जाँते भुपुटोलका ओम प्रकाश रानामगर लुटपाटमा परेका हुन । पथरी बाट जाँते फर्कने क्रममा फारलाईन आईपुग्दा हतियार सहित आएका ४ जनाको समुहमा रहेका लुटेराले नगद तथा मोबाईल लगेको प्रहरी चौकी जाँतेले जनाएको छ ।
लुटेराले मगरलाई कट्टीले काट्ने प्रयास गरेको समेत देखिएको छ । बाईकमा सवार रानामगरलाई लुटेराको समुहले खुकुरी प्रहार गरेपनी हेल्मेटमा लागेर चोट लाग्न बाट बचेका हुन् । लुटेराहरुको खोजि भईरहेको प्रहरीए जनाएको छ ।
गत साता समेत लेटाङ कानेपोखरी सडक खण्डमा २ जना लुटिएका थिए । उत्तरी मोरङमा लुटपाट घट्ना शृङ्खला बद्द रुपमा हुन थालेपछी स्थानियले चिन्ता ब्यक्त गर्न थालेका छन । उत्तरी मोरङमा सुरक्षा ब्यबस्था कडा पार्न समेत स्थानियले माग गरेका छन् ।


