काठमाडौं / भैँसीकाे जिउले च्यापिदा दैलेखमा एक जनाको मृत्यु भएको छ । भैंसीले च्यापिएर दैलेखकाे नारायण नगरपालिका वडा नम्बर - १० वडा सचिव ५५ वर्षीय चक्रबहादुर कटुवालको मृत्यु भएको छ ।
वनमा चराउनका लागि लैजाँदै गरेको भैँसी ओरालोमा लड्न लागेको बेला काँध थाप्दा भैँसीको जिउले च्यापिएर मृत्यु भएको हो ।
भैंसीले च्यापिदा गम्भीर घाइते भएका कटुवालको दैलेख अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यलय दैलेखले जनाएको छ ।


