सुनसरी / मोरङको बुढिगंगा गाउँपालिकाकाको आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाइ भएको छ ।
सार्वजनिक सुनुवाइमा बजेट नीति तथा कार्यक्रममा लेखिएका विषयमा गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , वडा अध्यक्ष , वडा सदस्य , शिक्षक , विद्यार्थी , स्थानीय व्यक्तिहरूले उठाएका समस्या गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष , प्रमुख प्रशासकिय अधिकृत लगाएतले प्रस्तुत गरि समाधानका कुरा प्रष्ट पारेका थिए ।
शिक्षा तथा खेलकुद , जनस्वास्थ्य , सामाजिक विकास , कृषि पशु वन, विपद् व्यवस्थापन , खानेपानी तथा सिचाइ व्यवस्थापन ,वातावरण र फोहोर व्यवस्थापन , प्राकृतिक श्रोतहरुको संरक्षण र व्यवस्थापन , प्राकृतिक स्रोतहरुको संरक्षण र व्यवस्थापन,पर्यटन प्रवर्द्धन , शान्ति सुरक्षा , पुर्वाधार विकास , राजस्व अभिवृद्धि , गैर सरकारी संस्था र सहकारी, तथ्याङ, घरनक्सा सम्बन्धमा ,न्यायिक कार्य सम्बन्धी ,व्यापार तथा वाणिज्य , सुशासन लगाएत विषयमा उठेका समस्याको जनप्रतिनिधिले प्रष्ट पारेका थिए । विभिन्न वडाका स्थानीयले आफ्नो वडाका समस्या सुनाएका थिए ।
कार्यक्रममा बुढीगंगा गाउँपाफिकाका अध्यक्ष जित नारायण थापा मगर ,उपाध्यक्ष अमृता कुमारी गच्छदार, प्रमुख प्रशासकिय अधिकृत गिरीराज भट्टराई , लेखा अधिकृत अनुज प्याकुरेल , कर्मचारी , शिक्षक , स्थानीय व्यक्ति लगाएतको उपस्थिति रहेको थियोे ।



