काठमाडौं / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज आइतबार सुनुवाइ नहुने भएको छ । रिटको पेशी न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको भए पनि आज ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार रिटको पेशी आजलाई तोकिए पनि न्यायाधीश भट्टराई अर्को इजलासमा व्यस्त भएपछि हेर्न नभ्याइने सूचीमा राखिएको हो । कोशीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा (एमाले) ले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो ।
एमाले कोसी प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीसहितले रिट दिएका थिए ।


