भोजपुर / भोजपुर नगरपालिका वडा नम्बर - १२ स्थित टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको मृत्यु भएको छ । बन्दुकले लागेर भोजपुर - १२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको मृत्यु भएको छ ।
घटनामा संलग्न छ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छ । घटना यहीँ असार २२ गते रातिको भए पनि गोली लागेर साथी मरेपछि उनीहरूले खोलाको बगरमा पुरेका थिए। मानिस हराएको सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा गए राति उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।
‘घटना २२ गते रातिको हो । साथी मरेपछि अखुवा खोला बगरमा पुरेर घटना लुकाउन खोजेको अनुसन्धानबाट देखिएको छ । पुरिएको अवस्थामा फेला परेको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएका छ ।
मृतकका आफन्तले यही असार २४ गते खोजीको लागि जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएलगत्तै आरोपीलाई पक्राउ गरिएको हो । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिएको छ ।


