काठमाडौं / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुत्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा दायर रिट आजपनि हेर्न नभ्याइनेमा परेको छ ।


सर्वोच्च अदालतका न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको रिटमा आजपनि सुनुवाई हुन नसकेपछि हेर्न नभ्याइनेमा परेको हो । आइतबार उक्त रिट न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासमा परेपनि हेर्न नभ्याइनेमा नै परेको थियो ।


मुख्यमन्त्रीमा दाबी पेस गर्न बहुमत जुटाउन नसकेपछि मुख्यमन्त्री थापाले माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमको पनि हस्ताक्षर प्रयोग गरेका थिए ।


सभामुखलाई सरकार बनाउने खेलमा सहभागी गराइनु असंवैधानिक रहेको ठहर गर्दै उक्त निर्णय बदरको माग सहित निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् ।