सुनसरी / भोजपुरको पौवादुङमा गाउँपालिका वडा नम्बर १ श्यामशिलाको अरुण डाँडामा चियाको विरुवा रोपिएको छ । 


अरुण डाँडालाई गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गरिरहेको पर्यटकलाई थप आकर्षण थप्दै आर्थिक पक्षमा जोड दिनको लागि चियाको विरुवा रोपिएको  हो ।


अरुण डाँडामा पाँच सय चियाको विरुवा रोपिएको वडा १ हो । 'यो ठाउँलाई हामी धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागि परेको छौँ’ अध्यक्ष राईले भने,‘चिया बहुउपयोगि भएकाले यसको विस्तारले यहाँको सुन्दरतामा बृद्धि गर्दै आयआर्जनमा जोड्ने हाम्रो उद्धेश्य रहेको पौवादुङमा  गाउँपालिका अध्यक्ष किरण राईले बताए ।‘


गाउँपालिकाले पर्यटकीय क्षेत्रको रुपमा विकासमा गरिरहेको उक्त स्थानमा गाउँपालिका अध्यक्ष किरण राई,उपाध्यक्ष ज्योत्सना राई, प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराई, वडाक्ष्यक्षहरुसँगै स्थानीयको उपस्थितिमा बृक्षरोपन गरिएको हो  ।