सुनसरी / इटहरी वडा नम्बर ४ स्थित सेकेन्डरी बाेर्डिङ स्कुलको हाेस्टेलमा एक छात्र मृत अवस्थामा भेटिएका छन् ।
मोरङ बेलबारी नगरपालिका लालभित्तीका १३ वर्षीय जेनिस श्रेष्ठ हिजो सोमबार बिहान स्कुलको हाेस्टलमा मृत फेला परेका थिए ।
उनी इटहरी सेकेन्डरी बोर्डिङमा कक्षा ८ मा अध्ययनरत थिए । आइतबार खाना खाएर सकुशल सुतेका विद्यार्थी सोमबार बिहान मृत अवस्थामा भेटिएपछि विद्यालय प्रशासनले प्रहरीलाई खबर गरेको थियो ।
उनी विद्यालयमा होस्टलमा बस्ने गर्थे । उक्त विद्यालयको होस्टल फोहोर रहेकाले पनि बालकको घटना रहस्यमय भएको स्थानीय बताउछन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट नर्मलै देखिएपनि पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाइने इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।


