काठमाडौं / सोलुखुम्बुको सुर्केबाट काठमाडौँका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । 


पाइलट सहित ६ जना सवार उक्त हेलिकप्टर सोलुखुम्बुकै लामजुरे क्षेत्रसम्म आएपछि सम्पर्क विहीन भएको बताइएको छ । उक्त हेलिकप्टरमा सवार ६ जनामध्ये एक जना नेपाली पाईलट बाहेक अन्य सबै यात्रु मेक्सिकन भएको मनाङ एयरले पुष्टि गरेको छ ।


सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको ९ एनए एमभी कलसाइन भएको हेलिकोप्टर सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकाको लामाजुरामा दुर्घटनाग्रस्त भएको आशंका गरिएको छ । हेलिकप्टरको खोजीका लागि अर्को हेलिकप्टर पठाउने तयारी भएको जनाएको छ । -साङ्केतिक तस्बिर