काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा ‘कार्डियक अरेष्ट’ रोगले निधन भएकी हुन् ।


सीता दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीएसपी रोगबाट ग्रस्त थिइन् । उनी दीर्घरोगको समस्यामा परेपछि देश तथा विदेशमा उपचार हुँदै आएको थियो । उनका दुई छोरी छन् । छोरा प्रकाश दाहाल र छोरी ज्ञानुको निधन भइसकेको छ ।


६९ वर्षकी सीता प्रचण्डको राजनीतिक यात्राको विशेष सहयोगी पनि थिइन् । उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो ।


उनको शव आज बुधबार ११ बजेदेखि १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा र २ बजे पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिने भएको छ ।