सुनसरी / इटहरीको संगित चोकमा सपना फैन्सी स्टोर सञ्चालनमा आएको छ । 


जे एण्ड वि एप्रेल्स प्रालि गार्मेन्ट सञ्चालन गर्दै आएका इटहरीका पुराना व्यवसायी राजु रायले आफनै गार्मेन्ट तथा भियतनाम , चाइना लगायतका देशहरुका ब्राण्डेड कपडाहरु विक्री गर्ने गरी इटहरीको संगित चोकमा सपना फैन्सी होलसेलमा कपडा स्टोर सञ्चालनमा ल्याएका छन्  । 


कार्यक्रममा कपडा पसलको प्रिमीयर फेसन लिमिटेडका सञ्चालक जमालउदिन राजभीले रिवन कारेट कपडा पसल उद्घाटन गरेका हुन । सपना फैन्सी स्टोरले कपडाको होलसेल कारोवार गर्ने सञ्चालक राजु रायले जानकारी गराए । यहाँ मानिसका आवश्यक अनुसारका लुगा कपडाहरू किन्न पाइने सुविधा रहेको छ ।