काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको अन्त्येष्टि गरिएको छ ।
पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ दाहालको अन्त्येष्टि गरिएको हो । दाहालको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपालको राष्ट्रिय झण्डा ओढाएका थिए ।
पत्नीलाई प्रचण्डले दागबत्ती दिएका थिए। अन्त्येष्टिमा नेता, कार्यकर्तासहित हजारौं सर्वसाधारणको उपस्थिति रहेको थियो । राजकीय सम्मानस्वरुप नेपाली सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो।
दाहाल पार्किन्सनजस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित थिइन्। दाहालको बुधबार आज बिहान बजेर ३३ मिनेटमा उपचारको क्रममा नर्भिक अस्पतालमा ६९ वर्षको उमेरमा निधन भएको थियो ।


