सुनसरी / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको झापा गाउँपालिका अध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गाउँपालिका अध्यक्ष जयनारायण साह, तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षसिहत ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
गाउँपालिकास्थित लक्ष्मीमार्ग सडकखण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म ७ किलोमिटर बाटो बनाउनको लागि गाउँपालिकाबाट विनियोजन भएको रकम हिनामिना गरेको उजुरी आयोगमा परपछि भ्रष्टाचार मुद्दा दायर भएको हो ।


