सुनसरी / लगातार परेको बर्षात तथा चट्याङको जोखिमका कारण इटहरीका सामुदायिक तथा निजि विद्यालय आज सार्वजनिक विदा दिएको छ ।


केही बेरअघि इटहरी उपमहानगरपालिकाको शिक्षा महाशाखाको सबैको बैंठकले यस्तो निर्णय गरेको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले बताए ।


बर्षाका कारण धेरै वडाहरु जलमग्न भएको र विद्यालय अध्ययन गर्ने विद्यार्थीहरुमा त्रास बढेकाले उनिहरुको मनोवैज्ञानिक रुपमा असर नपरोस् र कुनै अप्रिय घटनामा हुन नदिनका लागि यस्तो निर्णय गरेको मेयर पौडेलले बताए । उनले केही समयपछि निर्णयको सूचना केही बेरपछि शिक्षा महाशाखाले जारी गर्ने जानकारी दिए ।