विराटनगर / मोरङको जहदा गाउँपालिका- ३ मा नहरले बगाउँदा बेपत्ता भएका एक युवक मृत फेला परेका छन्। 


नहरले बगाएर बेपत्ता भएका भारतको बिहार सिनुवारी घर भइ जहदामा बस्दै आएका २० वर्षीय गणित राजवंशीको आज शव फेला परेको हो।


जिल्ला प्रहरी कार्यलय मोरङका अनुसार जहदा- ३ स्थित मामा घरमा बस्दै आएका उनलाई पौडी खेल्ने क्रममा बुधबार साँझ नहरले बगाएर बेपत्ता भएबा थिए । खोजतलास गर्ने क्रममा बेपत्ता बनाएकै स्थान नजिक आज दिउँसो ४ बजेतिर गणितलाई मृत फेला पारिएको हो ।


गणितसँगै पौडी खेल्न नहरमा छिरेका जहदा- ३ का १८ वर्षीय दिपेश राजवंशीलाई भने प्रहरीले सकुशल उद्धार गरेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।