सुनसरी / इटहरी उपमहानगरपालिकाले विपतका लागि हटलाइन नम्बर जारी गरेको छ । लगातार परेको वर्षाका कारण इटहरी उपमहानगरपालिकाले सम्भावित क्षति न्यूनीकरणका लागि हटलाइन जारी गरेको हो ।
नगरस्तरीय हटलाइनका रूपमा मेयर हेमकर्ण पौडेलको मोबाइल नम्बर ९८५२०४८६८८ र उपमेयर सङ्गीता चौधरीको मोबाइल नम्बर ९८५२०७४९९१ जारी नम्बर र वडा स्थतरीय नम्बर सार्वजनिक गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताको मोबाइल नम्बर ९८४२०५७५२६, स्वास्थ्य महाशाखाका दिनेश चौधरीको मोबाइल नम्बर ९८५२०२५९७६ र विपत् फोकल पर्सन पुष्पनारायण चौधरीको मोबाइल नम्बर ९८५२०४६५६२ नम्बर उपमहानगरपालिकाले जारी गरेको छ ।
बाढी, डुबान वा अन्य कुनै विपतमा परी सहायता आवश्यक परेका व्यक्तिले हटलाइन नम्बरमा सम्पर्क गरी उपमहानगरपालिकालाई सहायताका लागि अनुरोध गर्न सकिने उपमहानगरले जानकारी दिएको छ ।


