विराटनगर / विराटनगरको हाटखोलास्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका मोरङको पथरीशनिश्चरे नगरपालिका- ३ घर भएका ६८ वर्षीय दलबहादुर दमाईको मृत्यु भएको छ।
उनी कर्तव्य ज्यान मुद्दामा जेल जीवन बिताइरहेका थिए । बिहीबार अचानक बिरामी परेर बेहोस भएपछि उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियोे । उच्च रक्तचापका कारण उनको मृत्यु भएको चिकित्सकको अनुमान रहको छ ।
दमाईलाई खुट्टा सुन्निने, छात्ती दुख्नेलगायत स्वास्थ्य सम्बन्धी पुरानै समस्या थियो। यसअघि पनि पटक–पटक उपचारका लागि लैजाने गरिएको कारागारका जेलर कृष्ण खड्काले जानकारी दिए । कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनुसार दमाई गत वैशाख ७ गतेदेखि पुर्पक्षका लागि कारागार चलान भएका थिए।


