सुनसरी / निरन्तर परेको बारीको बर्षाका कारण सुनसरीको इटहरी , मोरङको विराटनगर ,सुन्दरहरैंचा , झापा , सप्तरी लगाएत विभिन्न जिल्ला डुबानमा परेको छ ।
पछिल्लो तीन घण्टामा मोरङमा १ सय १५ मिलिलिटर, सप्तरीमा १ सय ८ दशमलव ४ र सुनसरीमा ९७ दशमलव ८ मिलिलिटर वर्षा भएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
लगातार परेको वारि वर्षाका कारण कोशी प्रदेशका सुनसरीको इटहरी , धरान इनरूवा , बराहक्षेत्र , रामधुनी , दुहबी, मोरङको विराटनगर ,सुन्दरहरैंचा , बेलबारी , बुढीगंगा , कानेपोखरी , रंगेली , पथरी र झापाको , दमक , मेचिनगर , भद्रपुर र सप्तरी जिल्ला लगाएत ठाउँमा डुबानमा परेको छ ।
यहाँ रहेका बुढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत साना खोलामा आकस्मिक बाढीका साथै होचा ठाउँमा डुबानको उच्च जोखिम भएको छ ।
आज पनि कोशी र मधेस प्रदेशका केही ठाउँमा अति ठूलो वर्षा हुने अनुमान गरिएको छ । अत्यधिक वर्षा भएका ठाउँमा बाढी पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।


