सुनसरी / मोरङको बेलबारी नगरपालिकाको  १३ औँ नगर अधिवेशन सम्पन्न भएको छ ।

बेलबारी नगरपालिकाको बेतना सभाहलमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनको अवसरमा बिभिन्न व्यक्तिहरुलाई सम्मान र बिदाई समेत गरेको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा नेपालि फिमेल युुसपेएरिङतर्फ ५१ देखि ५५ के.जी.तर्फ बेलबारी नगरपालिकाको प्रतिनिधित्व गर्दै प्रथम हुने कुशुम राजवँशीलाई लगद रु ५०,००० सहित सम्मान गरेको थियो ।

त्यस्तैगरी चालु आ.व २०७९/८० मा सबै भन्दा बढि कर तिर्ने रमिते सामुदायिक वन उपभोक्ता समितीलाई सम्मान गरेको थियो । कपील प्र. पौडेल, अमर ब. मगर, राम कु. राजवँशी, मैँया खड्का, कमला राउत लगाएतलाई बिदाई गरेको  छ ।