सुनसरी / इटहरी उपमहानगरपालिकाको १३२ औं कार्यपालिकाको बैठक सम्पन्न भएको छ ।


कार्यपालिका बैठकमा पूर्ण खोप पालिका घोषणा सम्बन्ध , भूमिहीन सुकुम्बासी / अव्यवस्थित बसोवासी सेवा केन्द्र विषय ,आन्तरिक नियन्त्रण सम्बन्धि कार्यविधि विषय , घर नक्सा निर्माण सेवा कार्यविधि, लेखा समिति गठन र सन्चालन नियमावली ,कवाडी ठेक्का सम्बन्धि निर्णय अनुमोदन ,  जस्ता विषयमा कार्यपालिकाका सदस्यहरू बिचमा बैठकमा छलफल भएको हो ।


त्यसैगरी, आम संचार माध्यममा लोककल्याणकारी सुचना वितरण ,दररेट स्वीकृत गर्ने विषय , खुल्ला व्यामशाला सामाग्रीको दररेट , प्राबिधिक ल्याव सामानको दररेट, कवाडी ठेक्का सम्बन्धि निर्णय अनुमोदन विषय ,सहकारी नियमावली, कार्यविधि र मापदण्ड , अदालतको फैसला विषय , जग्गाको फिल्ड नापजाँच प्रतिवेदन सम्बन्धमा , आर्थिक सहयोग सम्बन्धमा, वडा नं. ६ वडा सदस्य रमला तामाङ्ग उपचार , वडा नं. १५ को गोवर्धन चौधरीको घर गोठ आगलागी बिबिध विषयमा बजेट पास भएको हो ।


धार्मिक क्षेत्र , सामुदायिक विद्यालय , सामुदायिक वन , पर्यटन स्थल , यातायात तथा सडक , स्वास्थ ,शिक्षा युवा तथा  खेलकुद , प्रविधि , खानेपानी, बालबालिका , कृषि ,पशुपंक्षी विकास ,सामाजिक विकास ,अपाङ्गता, जेष्ठ नागरिक ,वैदेशिक रोजगारी ,संस्कृति ,भाषा कला , साहित्य ,वन वातावरण तथा सरसफाइ , ठोस फोहोरमैला , नदी नियन्त्रण , जस्ता विषयमा कार्यपालिकाको बैठकबाट बजेट पास गरिएको गरिएको हो । विभिन्न वडाका वडा अध्यक्षले आ-आफ्नो भनाइ राखेका थिए ।