सुनसरी / इटहरी उपमहानगरपालीकाको १३ औं नगरसभामा नीती तथा कार्यक्रम र बजेटमाथी छलफल भएको छ ।


१३ औं  नगर सभामा विनियोजन विधयेक २०८०  उप-प्रमुख संगिता कुमारी चौधरीले प्रस्तुत गरेकी हुन् । नगर सभा अध्यक्षता हेमकर्ण पौडेल , उप प्रमुख संगिता कुमारी चौधरी , प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहता र नगरसभा सदस्यहरु लगाएतको उपस्थिति नगर सभा बैठक भएको हो ।



हिजोआज नगरको १३२ औं कार्यपालिकाको बैठकले पास गरेका एजेन्डा अनुमोदन गर्ने कार्यसुचि समावेश गरेर नगर सभा बसेको हो । नगरसभा सदस्यहरु १६ जनाले आ-आफ्नो धारणा र वडाका समस्या इटहरी समस्या व्यक्त गरेका थिए  । अर्थ विधेयक, २०८० र न्यायिक समितिको वार्षिक प्रतिवेदन भोलि प्रस्तुत हुने इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

इटहरी उपमहानगरपालिका नगर सभा