इटहरी । मोटर स्पोर्ट्समा काम गर्ने संख्या नासा नेपालको कोशी प्रदेश संघ गठन भएको छ ।
मोटर स्पोर्ट्स र अटोमोबाइल मोबिलिटी, टुरिजम , रोड सेफ्टी र खेलकुद क्षेत्रमा संलग्न युवाहरुको भेलाले सनिबार इटहरीमा १६ सदस्यीय प्रदेश संघ गठन गरेको हो ।
नासा नेपालका सचिब निरज खड्का क्षेत्रिको अध्यक्षता तथा कोशी प्रदेश खेलकुद बिकाश वोर्ड सदस्य सचिव हंसराज वाग्ले को प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले व्यवसायी प्रकाश कपुरीको अध्यक्षतामा प्रदेश संघ गठन गरेको हो ।
संघको उपाध्यक्षमा रमण भट्टराई, सुमन भट्टराई र डा. राम बाबु गिरि रहेका छन् भने सचिवमा सन्तोष कुमार थापा र महेन्द्र कुमार रेग्मी छन् कोषाध्यक्षमा महेश पौडेल छन्।
संघका सदस्यहरुमा बिकल पौडेल, सिदार्थ काबरा, आदित्य पराजुली, पुन्य प्रसाद पौडेल, पुष्प निरौला, देबि गौतम, रितेश गुप्ता, प्रबेश बस्नेत, एलिना मगर र श्रद्दा बिस्ट रहेका छन्।
साथै नासा नेपालको कोशी प्रदेश संघ भेलाले सल्लाहकारमा सुवास आचार्य, भबेसकुमार श्रेष्ठ ,संयोग पराजुली, लोक बहादुर चौहान लगायत लाई चयन गरेको छ ।
यसका साथै भेलाले आगामी साउन १३ गते काठमाडौमा आयोजना हुने नासाको साधारणसभाका लागि अध्यक्ष प्रकाश कपुरी, उपाध्यक्ष रमण भट्टराइ , सचिव सन्तोष कुमार थापा र सदस्य एलिना मगर र सल्लाहकार सुवास आचार्य लाई प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको छ ।
इटहरी स्टेशन पबमा भएको कार्यक्रम मा कोशी प्रदेश खेलकुद बिकाश वोर्ड सदस्य सन्दिप राईका साथै रोड सेफ्टी र खेलकुद क्षेत्रमा संलग्न युवाहरुको उपास्थिति रहेको थियो ।
नयाँ खेलकुद ऐन अनुसार नासा नेपालले संघीय संरचना अनुसार प्रदेश संघको गठन गरेको नासा नेपालको कोशी प्रदेश संघले उदाहरणीयकार्य गरेर देखाउने अध्यक्ष कपुरीले बताउनु भयो ।


