सुनसरी / इटहरी उपमहानगरपालिकाले खोला-पैनी मिचेर बनाएको भौतिक संरचना  भत्काउन निर्देशन जारी गरेको छ । 


इटहरी स्थित टेंग्रा खोला,खेती खोला र सुकुमारी पैनीको क्षेत्राधिकार भित्रको जग्गा खाली गर्न मेयर ३५ दिने सुचना सार्वजनिक भएको छ  ।  टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६–६ मिटर छोडेर मात्र भवन बनाउन उपमहानगरपालिकाले जारी गरेको सुचनामा भनिएको छ । 


मेयर पौडेलले इटहरीलाई बाढीमुक्त बनाउनको लागि धेरै कामहरु अघि बढेको भन्दै खोला, पैनी मिचेर बनाएका संरचना भत्काउने अभियान पनि सँगै सञ्चालन गरिने बताएका छन् । उनले योसँगै सार्वजनिक ऐलानी जग्गाको संरक्षणसमेत व्यवस्थित तरिकाले सुरु गरिने बताएका छन् । 


इटहरीमा खोला, पैनी तथा सार्वजनिक जग्गाहरु मिचेर धेरै ठाउँमा घर बनाइएका छन् । जसको कारण वर्षामा पानीको सहज निकास नहुँदा बाढीले इटहरी चोक र आसपासका वस्ती डुबाउने गरेको छ । अतिक्रमण हटाउन सकेमात्र पनि इटहरीको डुबान धेरै हदसम्म नियन्त्रणमा आउने सम्भावना छ । 

IMG_20230716_170235