सुनसरी / इटहरी उपमहानगरपालीकाको १३ औं नगरसभाको बैठकबाट २०८०/८१ को नीती तथा बजेट कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।


नगर सभा अध्यक्षता हेमकर्ण पौडेल , उप प्रमुख संगिता कुमारी चौधरी , प्रमुख प्रशासकीय अधिकृत राम चरित्र मेहता र नगरसभा सदस्यहरु लगाएतको उपस्थितिमा तेस्रो नगर सभा बैठक भएको हो ।


विनियोजन विधयेक, २०८० र अर्थ विधेयक, २०८० माथी छलफल र इटहरीका समस्या नगरसभा ६ जनाले आफ्नो धारणा राखेका थिए ।


न्यायिक समितिको वार्षिक प्रतिवेदन,बजेट, नीति तथा कार्यक्रम माथी उठेका प्रश्नको जवाफ ,आ.व.०८०/०८१ को बजेट, नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत , अर्थ विधेयक, २०८० र विनियोजन विधेयक, २०८० माघि उठेका प्रश्नहरुको जवाफ , अर्थ तथा सार्वजिनक लेखा समिति गठन प्रस्ताव उप -प्रमुख संगिता कुमारी चौधरीले प्रस्तुत गरेकी हुन् ।


विनियोजन विधेयक, २०८० निर्णयार्थ ,  अर्थ विधेयक, २०८० निर्णयार्थ , कार्यालय तथा कार्यपालिकाका निर्णयहरु अनुमोदनका लागि प्रस्ताव नगर प्रमुख हेमकर्ण पौडेलले प्रस्तुत गरेका थिए ।



सर्वसम्मतले माथि विषय पारित भएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए । सभामा रहेका प्रस्तुत प्रस्तावको नगर सदस्यले हुन्छ भनी पास भएको हो ।


नगरको १३२ औं कार्यपालिकाको बैठकले पास गरेका एजेन्डा अनुमोदन गर्ने कार्यसुचि समावेश गरि नगरसभामा नीती तथा कार्यक्रम र बजेटमाथी हिजो छलफल भएको थियोे । अन्त्यमा ३ दिन ११ घण्टा ३० मिनेट भइ चालू नगर सभा अन्त्य भएको हो ।