सुनसरी : राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरी क्षेत्र नम्बर २ (क) प्रदेश कार्यसमितिले इटहरीकी सुजता घिमिरे दाहाल स्वागत गरेका छन् ।
सुनसरीको इटहरीकी सुजता दाहाल केहि दिन अगि राप्रपा केन्द्रीय कार्यलयमा राप्रपाका अध्यक्ष पुर्ब उपप्रधान मन्त्री राजेन्द्र लिङ्देनले प्रवेश गराएका थिए ।
इटहरीमा एक कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरी क्षेत्र नम्बर २ (क) प्रदेश कार्यसमितिका उपाध्यक्ष बुद्ध सिंह लिम्बूको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रम सञ्चालन सचिव निरा भण्डारी सिवाकोटीले गरेकी थिइन् ।
उपाध्यक्ष बुद्ध सिंह लिम्बू र राप्रपाका सुनसरी जिल्ला सदस्य तथा पूर्व संगठन विभाग प्रमुख नविन थापाले इटहरीकी बौद्धिक व्यक्तित्व चिनिने सुजता घिमिरे दाहाललाई सदस्यता प्रदान गरि स्वागत गरेका हुन् ।
पार्टीमा प्रवेश गर्दै गर्दा पार्टीको अस्तित्व भनेको एकता आवश्यक रहेको छ । वास्तवमा राप्रपा कुनै पनि कार्यक्रम सुर गर्दै गर्दा खेरि पृथ्वीनारायण शाहको फोटोमा माला अर्पण गरेर कार्यक्रम सुरू गर्ने गर्दा देश भक्ति शहित प्रती सद्भाव गरेको देखिन्छ । पृथ्वीनारायण शाह जसले एकीकरण ल्याउनु भयो, नेपाल बनाउनु भयो ,हामी नेपाली हौं भनेर गर्भ गर्ने अवस्था सिर्जना गर्नु भएको त्यो कारण यो पार्टीमा प्रवेश गरेको बताएइन् ।
पार्टीका व्यक्तिले आगामी दिनमा साथ सहयोग गर्ने , पार्टीको भुमिका अनुसार काम गर्ने उनले बताइन् । हाम्रो धर्म संस्कृति हामीले जोउनु पर्छ भनेर प्रवेश उनको भनाइ छ । समाचार धेरै आए भ्रष्टाचार गरेका धेरै पार्टीका नाम सुनिए तर राप्रपाले भ्रष्टाचार गरेको नाम नआएका त्यसकारण प्रवेश गरेको बताइन् ।
हामीले एकआपसमा छोडिएको अगाडि बढ्नु पर्ने आवश्यक रहेको राप्रपा सुनसरी क्षेत्र नम्बर २ प्रदेश कार्यसमितिका उपाध्यक्ष बुद्ध सिंह लिम्बूले बताए ।
सुजता घिमिरे दाहाल योग साधना पशीक्षक र प्रेस चौतारीको नगर सदस्य समेत रहेकी थिइन् । स्वागत कार्यक्रममा राप्रपा सुनसरी क्षेत्र नम्बर २ प्रदेश कार्यसमितिका उपाध्यक्ष सावित्रा कट्वाल (खड्का ) , निरा भण्डारी सिवाकोटी सचिव , विकाश भण्डारी जनसम्पर्ग संयोजन , देवि प्रसाद शिवाकोटी र राप्रपाका सदस्यहरूले उनलाई राप्रपामा स्वागत गरेका हुन् । जनसम्पर्क संयोजक बिकास भणडारीको सक्रियतामा कार्यक्रम भएको थियो ।


