सुनसरी / इटहरीमा उपमहानगरपालिकाले बजार अनुगमनका क्रममा सडेगलेको मासुका साथै खान अयोग्य मिठाई फेला पारेको छ ।

आज सोमबार बजार अनुगमनका क्रममा बिपी चोकस्थित बत्सु मिट सेन्टरले बासी र गलेको मासु बिक्रीका लागि राखेको भेटिपछि सो मासु पसल ताला लगाएको छ ।


नगरप्रमुख हेमकर्ण पौडेल , खाद्यान्नका कर्मचारी नगर प्रहरी  लगाएतको टिमले मिठाई पसल र मासु पसलमा अनुगमन गरेको थिए । 


इटहरीका केही मिठाई पसल अनुगमन गर्दा बिक्रीका लागि राखेका मिठाई तथा अन्य खाद्यवस्तुमा झिँगा भन्किएको, किरा परेको भेटिएको थियो । अनुगमन टोलीले इटहरीका विष्णु मिष्ठान्न भण्डार, नटराज मिठाई पसल, हीरा होटल, सगुन स्विट्स, बालाजी मिडाई पसल लगायतका मिठाई पसलको अनुगमन गरेको थियो ।


अनुगमनका क्रममा अधिकांश मिठाई पसलमा भान्छा सफा नभएको, म्याद गुज्रिएका खाद्यान्न बिक्रीका लागि राखिएको, सरसफाई राम्रोसँग नभएको भेटिएको थियो । लापरबाही गर्ने व्यवसायीलाई सचेत गराइएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।इटहरी बजार