सुनसरी / सामाजिक स्वास्थ्य क्लिनिको ४१ औँ संस्करण विष्णु मेमोरियल स्कुलमा भएको छ ।
निःशुल्क स्वास्थ्य जाँच गरिने अभियानअन्तर्गतको ४१ औँ संस्करण विष्णु मेमोरियल स्कुल धरानमा आयोजना गरिएको छ । यस अवसरमा विद्यार्थी र अभिभावकहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।अभियानले करिब २ वर्ष अगाडिदेखि क्लिनिक आयोजना गर्दै आएको छ ।
अभियानका अध्यक्ष विष्णु बरालका अनुसार ४१औँ संस्करणसम्म आयोजना गरिसकेको निःशुल्क क्लिनिकमा विशेषगरी ७० वर्षभन्दा माथिका वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरिएको थियोे ।उनका अनुसार मुटुरोग, रक्तचाप र मधुमेहसम्बन्धी जाँच गरिने यो क्लिनिक धरानका विभिन्न वडाहरु र झापा, इनरुवा, बराहक्षेत्रमा समेत आयोजना गरिएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परीक्षण गरिने यस क्लिनिकमा निःशुल्क स्वास्थ्य परीक्षण, सुगर जाँच अनि औषधि वितरण गर्ने गरिन्छ । ७६ जना बिरामीहरुको स्वास्थ्य जाँच गरिएको यस क्लिनिकमा नर्स रेनु चौधरीले रक्तचाप र सुगर टेष्ट गरेकी थिइन् ।
सामाजिक संघ संस्था, वडा कार्यालय र विद्यालयहरुको सहकार्यमा आयोजना गरिएको थियोे । विद्यार्थीहरुका अभिभावकहरुको पनि स्वास्थ्य जाँचका लागि कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले बताए ।


