मोरङ / सुन्दरहरैंचा नगरपालिका वडा- १० मा रहेको सिद्धार्थ सेकेन्डरी स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतलाई सिंगापुरमा आयोजित ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३‘ बाट सम्मान गरिएको छ ।
उनलाई कोशी प्रदेशका निजि विद्यालयहरु मध्ये उत्कृष्ट प्रिन्सिपलका रुपमा अवार्ड प्रदान गरिएको हो । त्यस्तै, सुन्दरहरैंचा नगरपालिका- ८ सलकपुरमा रहेको ब्राईट फ्युचर सेकेन्डरी स्कुललाई ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३‘ बाट सम्मानित गरिएको छ ।
सोही बिद्यालय पनि कोशी प्रदेशमा उत्कृष्ट भएको दाबी सहित सम्मान गरिएको छ । विद्यालयका प्रिन्सिपल टिका ढकालले अवार्ड ग्रहण गरेका हुन् । लिंकन युनिभर्सिटीका चाल्सर प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहाको बाहुलीबाट अवार्ड प्रदान गरिएको थियोे ।


