सुनसरी / संखुवासभाको खादबारी नगरपालीका- ११ स्थीत पर्यटकीय स्थान छहरे झरना वरिपरि बृक्षरोपण गरिएको छ ।
छहरे झरना ब्यबस्थापन समितिको अगुवाईमा करिब २ सय जनताको सहभागितामा बृक्षरोपण गरिएको हो । कार्यक्रममा ११ नम्बर वडा का वडाध्यक्ष अनिल राई,राष्ट्रिय युवा संघ नेपाल संखुवासभाका अध्यक्ष ध्रुब खड्का,समृद्ध बहुदेश्यीय सहकारीका सिईओ मनिष श्रेष्ठ लगायतहरूले बृक्षरोपण गरेका हुन् ।
छहरे झरना संरक्षण समिति अध्यक्ष भुवन राई,सचीव सुमन राई,अगुवा लक्ष्मी राई र स्थानीय समाजसेवी अगुवा विश्व राई,उत्तम दाहाल,अमिर चौहानको उपस्थिति रहेको थियोे ।


