सुनसरी / इटहरीको हलगडा यातायात व्यवस्था कार्यालयमा सिटी सफारी चालकहरूले आन्दोलन गरेका छन् ।
मंगलबारबार दिउँसो चालकहरुले प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् । लाइसेन्सबिना काम गरिरहेका सिटी सफारीचालकलाई अनिवार्य बीमा गर्न लगाएर लुटतन्त्र मच्चाएको भन्दै उनीहरुले प्रदर्शनमा गरेको जनाएका छन् ।
सफारी बीमा गरेर पनि बीमा बापतको सेवा सुविधा उपलब्ध नगराएको भन्दै बिना बिमा सिटी सफारी नवीकरण गर्न उनीहरुले माग राखेका थिए । सिटी चालकहरुले बिमा कम्पनीलाई संरक्षण गर्ने काम बन्द गर्न माग गरेका छन् ।
उनीहरुले नगरपालिकाले सफारी नविकरणका लागि बसाइसराई अनिवार्य गरेकोमा पनि विरोध गरिएको अखिल नेपाल यातायात मजदुर संघका अध्यक्ष कुमार तामाङले बताए ।
बिमा अनिवार्य नर्गन माग राख्दै आन्दोलन गरेका उनीहरुलाई यातायात व्यवस्था कार्यालय कोशी प्रदेशका प्रमुख राजकुमार गुप्ताले एक साताभित्रमा नीतिगत निर्णयमा सुधार गर्न पहल गर्ने आश्वासन दिएपछि प्रदर्शन रोकिएको थियो ।



