सुनसरी / नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय कोशी प्रदेशले सार्वजनिक गरेको अघिल्लो वर्ष र आर्थिक वर्षमा  भएको सवारीसाधन दुर्घटनाको दर ८ दशमलव ११प्रतिशतले कमी आएको छ ।


ट्राफिक प्रहरी कार्यलय यातायात इटहरी सुनसरीले पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०७८/७९  मा सवारी दुर्घटना ३ हजार ८ सय २० थिए भने आर्थिक वर्ष २०७९/८० असार मसान्तसम्म ३ हजार ५ सय १० भएको थियोे । गत सालको तुलनामा ८ दशमलव ११ प्रतिशतले कमि भएर आएको हो। 


गत वर्ष २०७८/७९ मा सवारी दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ५ सय ३१ थियोे भने यस वर्ष २०७९/८० असार मसान्तसम्म ४ सय १२ जनाको मृत्यु भएको थियोे भने २२ दशमलव ४१ प्रतिशतले कमि भएर आएको कोशी प्रदेश प्रहरी उपरीक्षक श्याम कुमार महतो बताए ।


 एक वर्षयता भएका दुर्घटनाको तथ्याङ्क सार्वजनिक गर्दा ट्राफिक नियमको उल्लंघन गर्दा बढी दुर्घटना भएको  छ । यो अवधिमा ट्राफिक नियम उल्लंघन गर्नेको सङ्ख्या पछिल्लो एक वर्ष ११.८७ प्रतिशतले वृद्दि भएको ट्राफिक प्रहरीले जनाएको छ ।


कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष २० करोड ७ लाख रुपैया राजस्व सङ्कलन गरेर सरकारलाई बुझाएको थियोे । सोही आर्थिक वर्षमा चेतनामुलक कार्यक्रम र ट्राफिक कन्ट्रोल उपकरणहरुको लागि पौने तीन करोड रुपैया खर्च गरेको थियोे । तर त्यो रकम उसले चन्दा मागेर जुटाएको हो ।


अघिल्लो आर्थिक वर्षको तुलनामा ११.४२ प्रतिशत बढी राजस्व संकलन गरेको कार्यालय आफै भने सामान्य खर्चको लागिपनि दाताको भर पर्ने गरेको छ । ती सबैको लागि गत आर्थिक वर्षमा विभिन्न सामाजिक संस्था तथा स्थानीय सरकारहरुबाट २ करोड ६२ लाख रुपैया जुटेको  कोशी प्रदेश प्रहरी उपरीक्षक महतो बताए ।


कार्यालयले यो एक वर्षमा प्रदेशको ट्राफिक व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय काम गरेको छ । सडकमा लेन छुट्याएर व्यवस्थित गर्ने, पार्किङ क्षेत्र तोक्ने, ह्विल लक, सिसी क्यामेरा, कन्भेक्स मिरर, रिफ्लेक्टर स्टिकर लगायत सामग्रीहरु किनेर प्रयोग गर्ने, सचेतनामुलक कार्यक्रम गर्ने काम गरेको थियोे ।

कोशी प्रदेश प्रहरी