सुनसरी / मोरङको बेलबारीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 


बेलबारी नगरपालिका- ४ स्थित रामपुर गुए खोल्सीमा विद्युत प्रवाह गरेर माछा मार्दै गर्दा करेन्ट लागेर बेलबारी- ४ बुधबारेका ३५ वर्षीय निङ्मा रिङदे शेर्पाको मृत्यु भएको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ ।


प्रहरीका अनुसार अपरान्ह १२ बजेतिर करेन्ट लाग्दा शेर्पाको घटनास्थलमै मृत्यु भएको हो । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरीको नेतृत्व टोली खटिएको हो । शव पोस्टमार्टमका लागि पठाएर घटनाको विषय थप भइरहेको प्रहरीले जनाएको छ ।