काठमाडौं / करिब एक सय किलो सुन बरामद प्रकरणमा प्रहरीले ६ जना पक्राउ परेका छ ।


राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन तौलिन नेपाल राष्ट्र बैंकमा लैजाने तयारी भए पनि बरामद उक्त सुन करिब एक सय किलो रहेको अनुमान गरिएको छ  । सोही प्रकरणमा हालसम्म पक्राउ परेका ६ जनामध्ये चारजनाको नाम खुलेको छ ।


पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका- ३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ- ३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दिलिप भुजेल, भोजपुर अरुण गाउँपालिका- ४ भएका हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङलाई प्रहरीले पक्राउ गरेको छ ।



विमानस्थल भन्सार गेटबाट सुन बोकेको बा. २ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार करिब सय किलो सुनसहित नियन्त्रणमा लिइएको थियो । विभागको टोलीले विमानस्थल भन्सारमा सोधपुछ र अरु अनुसन्धानका काम गरिरहेको जनाएको छ ।बरामद सुन र पक्राउ परेकाहरुबारे अनुसन्धान भइरहेको जनाएको छ ।