सुनसरी / इटहरीको पकलीमा चार जना चढेको मोटरसाइकल  दुर्घटना हुँदालतीन जनाको मृत्यु भएको हो ।


शुक्रबार राति १०  बजेतिर इटहरी- १७ कान्छी चौक राजमार्गमा तीब्र गतिमा कुदाएको चार जना सवार मोटरसाइकल भारतीय पिक अपसँग ठोक्किएर दुर्घटना भएको थियोे ।


पश्चिमबाट पूर्व आउँदै गरेको को २९ प ३७१२ नम्बरको मोटरसाइकल र पश्चिमतर्फ जाँदैै गरेको डब्लु बी ७३ इ ९११७ को भारतीय पिकअप ठक्कर भएको प्रदेश ट्राफिक कार्यालय इटहरीले जनाएको छ । 


मृत्यु हुनेमा एकैगाउँका तीन जना युवकमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी रहेका छन् ।


दुर्घटनामा २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन् । उनको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप चालक भारत दार्जीलिङका गोविन्द वरमुनलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।