सुनसरी / महोत्तरीको एकडारा गाउँपालिकाका बालबालिकाहरु खुत्रुकेमा बचत गर्न खुत्रुके वितरण गरिएको छ ।


बालबालिकालाई सानैदेखि बचत गर्न सिकाउने बानीको विकास गर्न एकिकृत ग्रामिण विकास समाज महोत्तरी र वल्र्ड भिजन इन्टरनेसनल नेपालद्वारा एकडारा गाउँपालिकामा आज खुत्रुके वितरण गरिएको छ । 


एकडारा गाउँपालिकाका वडा नं. १, ३, ४, ५ र ६ का १ सय ५० जना विपन्न परिवारका बालबालिकाहरुलाई बाल बचत समूहमा आवद्ध गराई विगत १ महिनादेखि हरेक शनिवार बाल वित्तिय साक्षरता कक्षा समेत संचालन भईरहेको र तिनै बालबालिकाहरुलाई खुत्रुके वितरण गरिएको संस्थाका फिल्ड अफिसर कमल चौधरीले बताए ।


सो संस्थाले संचालित पोषण तथा उत्थानशील  बालबालिकाको जीविकोपार्जन गर्न बालबालिकालाई खुत्रुके वितरण गरिएको संस्थाका फिल्ड अफिसर चौधरीले बताए ।


१२ हप्तासम्म संचालन हुने बाल वित्तिय साक्षरता कक्षामा बचतको महत्व, भविष्यको योजना, पारिवारिक आम्दानी र खर्च, दिगो बचतका लागि बैंक खाता र बिमा आदि चार प्रकारका मोडुलमा आधारित भई साक्षरता कक्षा संचालन भइरहेको  संस्थाका कार्यक्रम ब्यवस्थापक कुमार भण्डारीले बताए ।


खुत्रुके वितरण कार्यक्रममा बोल्दै एकडारा गाउँपालिका वडा नं. ६ का अध्यक्ष श्याम चौधरीले सानै उमेरदेखि बचत गर्ने बानीले भविष्य उज्यालो बन्ने कुरा बताए । बालबालिकाहरुले खुत्रुकेमा जम्मा गरेको रकमलाई स्थानीय सहकारी तथा बैकिङ संस्थाहरुमा जम्मा गर्नको लागि अभिभावकलाई प्रोत्साहन गरिएको गरेका थिए ।


त्यस्तै, परियोजनाले एकडारा गाउँपालिकाका विपन्न महिलाहरुलाई २२ वटा रुपान्तरणका लागि बचत समूह मार्फत वित्तिय सारक्षरता कक्षा संचालन गरिरहेको छ । जसमा बचत, पारिवारिक आम्दानी र खर्च, आम्दानी खर्चको योजना आदि विषयहरु समावेश गरी ५२ हप्तासम्म सेसन संचालन भइरहेको संस्थाका निवर्तमान सचिव उमेश न्यौपानेले जानकारी दिए ।महोत्तरीमा खुत्रुक्के वितरण