सुनसरी / मोरङको बेलबारी नगरपालिका - २ स्थित रमिते क्षेत्रबाट हिजो दिउँसो २४ जना युवायुवती प्रहरीले पक्राउ परेका छन्।
लागुपदार्थ दुब्र्यसनमा संलग्न केही र लहैलहैमा उनीहरु सँगै आएका केही युवायुवती पक्राउ परेका छन् भने केही भाग्न सफल भएका छन् ।
केराबारी,बेलबारी र आसपासका युवायुवतीहरु रहेको बेलबारी प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा ५ जना युवा र १९ जना युवती रहेका छन । उनीहरुलाई ईलाका प्रहरी कार्यलय बेलबारीमा राखिएको प्रहरीले जनाएको छ ।


