सुनसरी / नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस अवसरमा इटहरीको पुष्पलाल चौकमा श्रेष्ठको सम्झनामा कार्यक्रम गरिएको हो ।
पुष्पलाल श्रेष्ठ प्रतिस्ठान जिल्ला कमिटीले औपचारिक कार्यक्रमको आयोजना गरि श्रेष्ठले नेपाली कम्यूनिष्ट आन्दोलनमा पुर्याउनु भएको योगदानको स्मरण गर्दे सम्झनामा कार्यक्रम गरिएको हो ।
केशब बस्नेतको अध्यक्षता औपचारिक कार्यक्रम सुरु गर्नु अघी कार्यक्रममा उपस्थिती नेता तथा अन्य सदस्यहरुले श्रेष्ठको शालिकमा माल्यर्पण गरेका थिए । कार्यक्रममा पार्टिका केन्द्रिय सदस्य तैयब हुसैनले कम्यूनिष्ट आन्दोलदनमा पुष्पलालको भूमिका बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेश कमिटी सदस्य तथा कोशी प्रदेश सभा सदस्य रोहीत बहादुर कार्की , रमेश बस्नेत मिना श्रेष्ठ

साथै पार्टिका प्रदेश कमिटी सदस्य खेमराज पोखरेल , बद्रीविशाल पोखरेल ,रामप्रसाद चौलागाईं साथै जिल्ला कमिटी उपसचिव राम कोइराला , सचिवालय सदस्य रेवती घिमिरे ,इटहरी नगर कमिटी अध्यक्ष यम सुब्बा , सचिव रूपेश बस्नेत लगाएत पार्टिका सबै जनवर्गिय संगठनका पदाधिकारी तथा नेतृत्वहरुको उपस्थिती रहेको थियो ।

को हुन पुष्पलाल :
वि सं १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मनु भएका श्रेष्ठको २०३५ साउन ७ गते भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० मा भारतको कोलकाताको श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए। पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
नेकपा स्थापना गर्नुअघि उनले विसं १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए । नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गरेर सदाका लागि साउन ७ गतेबाट विदा भएका थिए ।


