सुनसरी / इटहरी उपमहानगरपालिकाले दिएको निर्देशन नमानेको भन्दै दुई निजी विद्यालयको सञ्चालन अनुमति रद्ध गरेको छ ।


केही समय अघि छात्रवृत्ति वितरणको विवरण पेश गर्न पटक पटक लिखित पत्राचार गरेपनि वितरण नबुझाएको र जरिवाना पनि नतिरेको भन्दै खारेज गरेको हो ।

 

इटहरी नमुना स्कूल इटहरी १० र इटहरी चिल्ड्रेन स्कूल इटहरी ६ मा रहेको स्कुललाई खारेजी गरेको हो  । प्रचलित शिक्षा ऐन र नियमावलीमा भएको व्यवस्था बमोजिम संस्थागत विद्यालयको सञ्चालन अनुमती रद्ध गरिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।16901261502041690126147258